नारायणपुरका निजी विद्यालयबीच अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

नारायणपुरका निजी विद्यालयबीच अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

घोराही, माघ १५ — नारायणपुर क्षेत्रस्तरीय निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन)को आयोजनामा शुक्रबार अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा पशुपति विद्याश्रम प्रथममोडेल इङ्लिस बोर्डिङ स्कूल द्वितीय भएका छन्। एक दर्जनभन्दा बढी निजी तथा संस्थागत विद्यालयको सहभागिता रहेको अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा ग्रेट बुद्ध एकेडेमी तृतीय तथा युनिक मिड–वेस्ट एकेडेमी सान्तवना स्थानमा चित्त बुझाउन सफल भएका थिए।

विजेता तथा उत्कृष्ट विद्यालयहरूलाई कार्यक्रमका सभाअध्यक्ष सूर्य रावतले ट्रफी, प्रमाणपत्र तथा पुस्तक प्रदान गरी पुरस्कृत गर्नुभएको थियो 

यसअघि सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीले नारायणपुर क्षेत्रका निजी विद्यालयबीचको एकता र व्यवस्थापन प्रशंसनीय रहेको बताउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष दीपक पाण्डेले यस्ता शैक्षिक प्रतियोगिताले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

कार्यक्रमको सञ्चालन सन्दिप शाहले गर्नुभएको थियो।