त्रिभुवननगर जेसीजको प्रथम कार्यसमिति बैठक सम्पन्न

त्रिभुवननगर जेसीजको प्रथम कार्यसमिति बैठक सम्पन्न

दाङ, पौष २५ । त्रिभुवननगर जेसीज वर्ष २०२६ को प्रथम कार्यसमिति बैठक सुक्रबार घोराहीमा सम्पन्न भएको छ। अध्यक्ष जेसी मिनराज भाटको अध्यक्षतामा सम्पन्न बैठकले संगठनको वार्षिक कार्ययोजना, विभिन्न समिति गठन तथा आगामी कार्यक्रमहरूबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले Plan of Action 2026 लाई सर्वसम्मत रूपमा अनुमोदन गर्दै वर्षभरि सञ्चालन गरिने नि:शुल्क  स्वास्थ्य शिविर, नेतृत्व विकास तालिम, युवा सशक्तिकरण, शैक्षिक तथा सामुदायिक कार्यक्रमहरूलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको छ।

बैठकमा उपाध्यक्ष, कार्यकारिणी सदस्य तथा विभिन्न समिति संयोजकहरूले आ–आफ्ना कार्यक्षेत्रगत योजना प्रस्तुत गरेका थिए। संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले ब्रान्ड भिजिबिलिटी, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रमको सञ्चालन महासचिव जेसी चुडामणि पाण्डेले गर्नुभएको थियो भने बैठकको अन्त्यमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।